डिल्लीबजार कारागारमा चूडामणि शर्मा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २५ २०८१
3.2K
SHARES

२५ साउन काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । साउन २३ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका शर्मा बिगो रकम बुझाउन नसकेर कारागार चलान भएका हुन् । डिल्लीबजार कारागारका जेलर (उपसचिव) रोम बहादुर महतले बुधवारदेखि शर्मा कारागारमा रहेको बताए । उनले भने,‘बुधवारबाट उहाँ हामीकहाँ हुनुहुन्छ ।’

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम नबुझाएको अवस्थामा सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि उनी थुनामै बस्नुपर्छ ।