दुई अर्ब ८० करोडले घट्यो नेपाल टेलिकमको आम्दानी


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
1.8K
SHARES

३१ साउन काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी ६.३२ प्रतिशतले घटेको छ । टेलिकमले बिहीबार (आज) आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण सार्वजनिक गरेको छ ।गएको आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा दुई अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम भएको टेलिकमले जनाएको हो ।

गएको वर्षमा सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको कम्पनीले जनाएको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । यसरी सञ्चालन आय एक अर्ब ८१ करोड तीन लाख १५ हजारले घटेको टेलिकमले जनाएको छ ।

गएको आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको टेलिकमले जनाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको खुद नाफा सात अर्ब ९२ करोड एक लाख ५५ हजारको तुलनामा एक अर्ब ३० करोड २३ लाख ७८ हजारले कम हो ।कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा छ ।