नेप्सेमा पुनः नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
2.4K
SHARES

३१ साउन काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो । बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा बन्द भएको छ ।१०५ कम्पनीको सेयर मूल्य बढेको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।