बैंकहरु ऋण तिर्दैनौं भन्ने व्यक्तिका कारण अप्ठ्यारोमा – गभर्नर
२ भदौ काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको लिएको ऋण तिर्दैनौं भन्ने व्यक्तिहरुका कारण विगत डेढ वर्षदेखि बैंक अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शुक्रबार अर्थ समितिमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक- २०८० को दवाफार छलफलको क्रममा उनले सामाजिक अभियन्ता दुर्गा प्रसाइप्रति लछित गर्दै बैंकको ऋण तिर्दिन भन्नेहरुले बैंकलाई अप्ठ्यारोमा पारेको बताए।
उनले भने, ‘केहि ब्यक्तिहरुले ऋण तिर्नु हुँदैन भन्ने प्रचार प्रसार गरेका छन् । यसले ढेढ वर्षदेखि बैंकलाई अप्ठ्यारो परेको छ, त्यसैले यस्तो किसिमको अनगर्ल प्रचार रोक्न पनि त्यस्ता व्यक्तिलाई फौजदारी कसूर लगाउनु पर्छ।’
उनले भने, ‘एउटा बैंक असफल भयो भने झनै विकराल अवस्था आउँछ, यसबारे बेलैमा विचार पुर्याउनु पर्छ।’ त्यस्तै उनले चेकअनादार बिषय आफैमा फौजदारी अभियोग भएकाले बैंकिङ कसूर भनिरहन नपर्ने बताए ।साथै उनले अहिलेको वर्तमान परिप्रेक्ष्यमा बैंकिङ कुसूर तथा सजाय(दोस्रो संशोधन) विद्येयक २०८०लाई पुरै पुनर्लेखन गर्नु पर्ने पनि बताए ।