सुनको मूल्यमा नयाँ रेकर्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१
2.1K
SHARES

२ भदौ काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य हालसम्मकै उच्च अर्थात् तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । जुन रेकर्ड मूल्यलाई पनि तोड्दै आइतबार सुनको मूल्य १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।  शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।