चालु खाता दुई खर्ब २१ अर्बले बचतमा


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१
1.7K
SHARES

२ भदौ काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा चालु खाता दुई खर्ब २१ अर्ब ३४ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनानुसार यो वर्ष चालु खाता बचतमा देखिएको छ ।

अघिल्लो वर्षको अन्त्यसम्म चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले घाटामा थियो । चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । तर, चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।

चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।