‘नाडा अटो शो’ मा दर्जन बढी गाडी लञ्च हुँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २ २०८१
2.4K
SHARES

२ भदौ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ देखि ‘नाडा अटो शो’को आयोजना गरेको छ । काठमाडौंको भृकुटीमण्डमा भदौ १६ गतेसम्म चल्ने शो मा ९५ कम्पनी तथा प्रदर्शकका १३० स्टल रहने नाडाले बताएको छ ।

नेपालमा उपलब्ध चारपाङग्रे सवारी ब्रान्डले शो मा आफ्ना बजारमा उपलब्ध र नयाँ गाडीहरू प्रदर्शनी गर्ने भएका छन् ।  प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्ड सहभागी रहेको नाडाले जनाएको छ । जसमा केही ब्रान्डले नयाँ गाडी सार्वजनिक गर्ने भएका छन् ।

बीवाईडी, टाटा, सीजी मोटर्सलगायत कम्पनीले नाडा अटो शो मा विद्युतीय गाडी (ईभी)का नयाँ मोडल एवम् ब्रान्ड भित्र्याउने भएका हुन् ।