सुनको मूल्य घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१
1.9K
SHARES

४ भदौ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।