नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर बनाउन ऋण घोषणा
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र ५ २०८१
1.8K
SHARES
५ भदौ काठमाडौं । नबिल बैंकले सहज र सरल तरिकाबाट घर कर्जा उपलब्ध गराउने भएको छ । ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने बैंकले जनाएको छ ।
बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो। ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ। आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट