विप्रेषण रकम विलासी र फजुल खर्चमा होइन – राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ९ २०८१
1.7K
SHARES

९ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण रकम (रेमिट्यान्स) विलासी र फजुल खर्च नगरी आयमूलक काममा लगाउन आग्रह गरेको छ । एक भिडियो सन्देश जारी गर्दै राष्ट्र बैंकले रेमिट्यान्सको आयमूलक काममा सदुपयोग गर्न आग्रह गरेको हो ।

विदेशबाट पठाएको पैसा सदुप्रयोग गर्दा मनग्य आम्दानी गर्न सकिने भिडियोमा देखाइएको छ । साथै, विदेशमा सिकेको सीपबाट नेपालमा व्यवसाय गर्न सकिने पनि भिडियोले सन्देश दिएको छ ।