सुनको मूल्य एक हजारले बढ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ९ २०८१
1.6K
SHARES
९ भदौ काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य एक हजार रुपैयाँ बढेर कारोबार भएको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य ३५ रुपैयाँ बढेर एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट