आजदेखि नाडा अटो सो


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
1.5K
SHARES

११ भदौ काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज(भदौ ११) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ।

यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन बिक्री गरिरहेका ब्रान्डसमेतको गर्दा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ।

अटो सोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दै छ। यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलोपटक प्रवेश गर्न लागेका हुन्। नाडा अटो सोमा सीजी मोटर्सले मात्रै ८ वटा ब्रान्डको सोकेस गर्दै छ। यस्तै अटो सोमा सांग्रिला मोटर्सले लिप मोटर्सको नयाँ ‘मस्कुलिन’ गाडी पनि राखिँदै छ।