कुमारी बैंकले तीजको अवसरमा ल्यायो क्यास ब्याक योजना


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २० २०८१
2.4K
SHARES

२० भदौ काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंक लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भदौ २० गतेदेखि भदौ २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई रु. १०० को क्यास ब्याक योजना संचालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहिहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।