उपदान तथा पेन्सन कोषको १ अर्ब ५० करोड लगानी गर्दै केन्द्रीय बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २५ २०८१
1.6K
SHARES

२५ भदौ काठमाडौं ।नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने बताएको छ। मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी भदौ २६ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब करोड १२ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २२ करोड ५० लाख रुपैयाँ , ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७५ करोड रुपैयाँ लगानी गर्न लागेको हो । आवेदनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ ।