कर्जाको माग बढ्न थाल्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २७ २०८१
2.1K
SHARES

२७ भदौ काठमाडौं। बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ २४ गते बैंकहरुबाट एकैदिन ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५२ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा भदौ २४ मा बढेर ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी भदौ २४ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५ अर्ब रुपैयाँले घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६४ खर्ब ८४ अर्ब रुपैयाँ थियो।

भदौ २४ मा बैंकहरुको औसत सीडी रेसियो पनि बढेर ७९.०२ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७८.८७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।