दोषीलाई अपराधको भागी बनाउन सिफारिस गर्‍यौँ : सभापति थापा


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ३१ २०८१
5.4K
SHARES

३१ भदौ काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सभापति सूर्य थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको बताएका छन् ।सहकारी ठगीमा संलग्नहरूको छानबिन गरी प्रतिवेदनमा हस्ताक्षरपछि सभापति थापाले पार्टीभन्दा माथि उठेर समितिले काम गरेको बताए ।

“अनियमितताका बारेमा छलफल गरेका छौँ । ६६ बैठक, गहन अध्यनन गरेका छौँ, तथ्य केलाउने काम गरेका छौँ,” थापाले भने, “सरकारले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ ।”