१६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था भेला नेपालमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ३ २०८१
2K
SHARES

३ असोज काठमाडौं । नेपालमा १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला आयोजना हुँदैछ ।

शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका आधिकारिक सरकारी निकाय सहभागी हुने निक्षेप तथा कर्जा सुरक्षण कोषले जानकारी दिएको छ । ३६औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गर्दैछ ।