भुक्तानी सन्तुलन झण्डै ४१ अर्बले बचतमा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१
1.7K
SHARES

११ असोज काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिना अवधिमा चालू खाता ३० अर्ब ८९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १३ अर्ब ३७ करोडले बचतमा रहेकोमा यस वर्ष सुधार भएको हो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख छ।