कात्तिक ८ सम्म बक्यौता नतिरे लाइन काट्ने प्राधिकरणको चेतावनी  


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २८ २०८१
4.1K
SHARES

२८  असोज काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको छ । प्राधिकरणको यो निर्णयसँगै फेरि विवाद चर्कने स्थिति पैदा भएको छ ।

उद्योगीले कात्तिक ८ गतेसम्म बक्यौता नबुझाए लाइन काट्ने नीति प्राधिकरणले बनाएको छ । प्राधिकरणका अधिकारी पटक–पटक म्याद दिँदा बक्यौता नतिरेपछि लाइन काट्नुको विकल्प नभएकोे बताउँछन् ।

प्राधिकरणले यसअघि गत साउन ९ गते तीन महिनाभित्र बक्यौता तिर्न म्याद दिँदै लाइन जोडेको थियो । असार २४ गतेबाट लाइन काट्न सुरु गरेको प्राधिकरणले १६ दिनपछि विद्युत् नियमन आयोगको पत्रको आधारमा लाइन जोडेको थियो ।