बैंकहरुले सरकारलाई बुझाए करिब साढे ५ अर्ब राजस्व


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
2K
SHARES

२१ कात्तिक काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंकहरुले करिब साढे ५ अर्ब राजस्व बुझाएका छन् । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा ५ अर्ब ४१ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व बुझाएका हुन् ।तीन महिनामा बैंकहरुले बुझाएको राजस्व गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा १६.४३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्ममा बैंकहरुले सरकारलाई ४ अर्ब ६४ करोड ९६ लाख ४१ हजार रुपैयाँ कर बुझाएका थिए ।

असोजसम्ममा नबिल बैंकले सरकारलाई सबैभन्दा धेरै ७७ करोड ९५ लाख ९५ हजार रुपैयाँ राजस्व दिएको छ। त्यसपछि ग्लोबल आईएमई बैंकले ६३ करोड ५७ लाख १३ हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको छ ।

प्राइम कमर्सियल बैंकले ५४ करोड १५ लाख रुपैयाँ, एनएमबि बैंकले ४९ करोड १७ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४८ करोड ३३ लाख रुपैयाँ, कुमारी बैंकले ४७ करोड ८५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ३९ करोड ९२ लाख रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३६ करोड ९५ लाख रुपैयाँ कर बुझाएका छन् ।

त्यस्तै, प्रभु बैंकले ३६ करोड २६ लाख ४८ हजार रुपैयाँ, हिमालयन बैंकले ३१ करोड २० लाख ५५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २३ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २१ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकले १७ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १६ करोड ७१ लाख रुपैयाँ, कृषि विकास बैंकले १० करोड ७३ लाख, सिटिजन्स बैंकले ९ करोड, नेपाल बैंकले ८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६ करोड र एनआईसी एशिया बैंकले ४ करोड रुपैयाँ राज्यलाई कर बुझाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने ६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आयकर भने ऋणात्मक देखिएको छ । यस बैंकको आयकर ६२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।