रास्वपालेभन्दा बढी जनता उतार्न सक्थ्यौँ – सहकारी पीडित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.7K
SHARES

२३ कार्तिक काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले-  सरकार र अदालतलाई दबाब दिन रास्वपाले गलत तरिकाले सडक संघर्ष गरेको बताएका छन् ।उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।जीबी राईका नाममा रहेको सम्पत्ति खोजी गरेर लिलामी गरेर पनि पीडितको रकम फिर्ता दिनुपर्ने उनीहरुले माग गरे ।

“हाम्रो पैसाले हेलिकोप्टर र जहाजबाहेक सबै किने,” उनीहरुले भने, “रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ? जीबी राईका नाममा रहेको सम्पत्ति खोजेर सरकारले लिलाम गरिदियो भने हामीलाई पनि सहज हुन्छ ।”

आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताउँदै भने, “रास्वपाका कार्यकर्ताभन्दा बढी उतार्न सक्थ्यौँ तर हामी पोखरालाई शान्त राख्न खोजेका हौँ । सरकारले काम गरेको छ भनेर चुप लागेका हौँ ।”