रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
२५ कार्तिक काठमाडौँ । रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथी थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो। रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।