उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २७ २०८१
6.3K
SHARES

२७ कार्तिक काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।