आम्दानीको आधार बन्दै घोँगी व्यापार
२९ कार्तिक धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् ।
रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन् ।
उनले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताइन् । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाइन् ।