बढ्यो डिजेल र मट्टितेलको मूल्य
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक ३० २०८१
7.4K
SHARES
३० कार्तिक काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको आज बसेको सञ्चालक समितिको निर्णयले डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ ।
जसअनुसार पहिलो वर्गमा १५०.५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ प्रतिलिटर भएको निगमले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट