अहिलेसम्म १० प्रतिशत मात्र विकास खर्च


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१
2K
SHARES

२ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, कात्तिक मसान्तसम्ममा पुँजीगत खर्च करिब १० प्रतिशत मात्र छ ।

चालु आर्थिक वर्षका निम्ति सरकारले कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रुपैयाँबराबरको बजेट ल्याएको थियो । कात्तिक मसान्तसम्ममा २२.३१ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।

सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५.६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख रुपैयाँबराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकका तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाखबराबर विनियोजन भएकामा ९.८ प्रतिशत अर्थात् ३४ अर्ब ५३ करोड १० लाख रुपैयाँ खर्च भएको छ ।