सामान्य अंकले बढ्यो नेप्से
२ मंसिर काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से ४.९८ अंकले बढेर दुई हजार ७५३.७६ बिन्दुमा बजार बन्द भएको छ । फ्लट इन्डेक्स ०.२२ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.०१ बढेकोमा सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेको छ ।
आज १३ मध्ये ९ उपसमूहको शेयर बढेको छ भने बैंक, फाइनान्स, उत्पादन र प्रशोधन तथा निर्जीवन बीमा उपसमूहको शेयर घटेको छ । यसदिन उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोगरी ३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै मान्डु हाइड्रोपावर र बराही हाइड्रोपावरको शेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।