४ लाखमा युवती बेचेको आरोपमा २ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर ९ २०८१
2.2K
SHARES

९ मंसिर काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ छन् । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले एक युवतीलाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुने भन्दै कुवेत पुर्‍याएका थिए । कुवेत पुर्‍याएर ९०० केडी (३ लाख ९४ हजार ६६२) मा ती युवतीलाई उनीहरूले बेचेको पाइएको ब्यूरोका एसपी भावेश रिमालले बताए ।

४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याएको र त्यहाँ बाट कुवेत पु¥याई बेचबिखन गरेको आरोप उनीहरूमाथि छ । कुवेतको अल्जारा भन्ने ठाउँमा घरेलु कामदारका रुपमा ती युवतीलाई बेचेको पाइएको छ ।