रविको बयान जारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१
4.6K
SHARES

१४ मंसिर काठमाडौं । काठमाडौं जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान भइरहेको छ ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौं ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । उनीविरुद्ध मंसिर २ मा काठमाडौं प्रहरीले पक्राउ अनुमति पाएको थियो ।रविअघि गोर्खा मिडियाकै सञ्चालक छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।