जबरजस्ती करणीको अभियोगमा काठमाडौंबाट २ पक्राउ
१४ पुस काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् ।१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।
सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।