६७० किलो गाँजा बरामद


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस २८ २०८१
1.7K
SHARES

२८ पुस सप्तरी । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।