जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ ४ २०८१
2K
SHARES
४ माघ धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडा रहेका छन् । उनी बिहीबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।
सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट