आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा ११ जना पक्राउ
२० माघ काठमाडौं । आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न स्थानबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।
त्यसैगरि चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियार पनि पक्राउ परेका प्रहरीले जनाएको छ।