प्रहरीको अर्को छापा, २४ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०८१
2K
SHARES

६ फागुन काठमाडौं । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ ।गएराति प्रहरीले छापा मारेर नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गएराति छापा मारेको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  माघ २७ गते पनि प्रहरीले छापा मारेर केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।