नाबालिका बलात्कारको आरोपमा एसका गण्डकी उपाध्यक्ष पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०८१
1.9K
SHARES

२२ फागुन पोखरा । घरैमा काम सघाउन राखिएकी नाबालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका १४ का ५१ वर्षीय गिरीलाई पक्राउ गर्न भन्दै कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ परेका उनलाई मंगलबार कास्की ल्याइएको छ ।

उनीमाथि ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।बयानका क्रममा पीडित बालिकाले अघिल्लो वर्षदेखि नै करणी र हिंसा भएको खुलाएकी छिन् ।

गिरी केही महिनाअघि मात्र एकीकृत समाजवादी पार्टी स्याङ्जाको अध्यक्ष बनेका थिए भने माघ अन्तिममा मात्र गण्डकीको उपाध्यक्ष बनेका हुन् । पोखरामा उनी परिवारका सदस्यका साथ बस्ने गर्थे । त्यहीबेला उनले ती नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोप छ ।