रसुवामा किशोरी बलात्कार आरोपमा युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १० २०८१
4K
SHARES
१० चैत काठमाडौं । रसुवामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेँसीमा बस्दै आएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ का २३ वर्षीय नवीन रावल छन् ।
१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (चैत ९) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।रावलले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट