दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइँदै
२९ चैत काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।भारतबाट नेपाल ल्याइएका दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।
उनलाई विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । साथै काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए ।
भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।