रवि लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
2.4K
SHARES

२९ चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार (चैत २९) सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।

सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम उनले आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।