प्रसाईं र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२
2.1K
SHARES

१४ वैशाख काठमाडौँ । तीनकुनेको प्रदर्शनमा नेतृत्व गरेका दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ । पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।

वैशाख ११ मा दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।