शिक्षा विधेयक जारी अधिवेशनबाटै पारित गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०८२
2K
SHARES

१९ वैशाख काठमाडौं । सरकारले जारी बजेट अधिवेशनबाटै ३ वटा विधेयक पारित गर्ने ग्यारेन्टी गरेको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसै अधिवेशननबाट शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र भूमिसम्बन्धी विधेयक पारित गर्ने घोषणा गरे ।

शिक्षक महासंघसँग ९ बुँदे सहमिसँगै सरकार र गठबन्धन दलहरूले आउँदो असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता लिखित प्रतिवद्धता जनाइसकेका छन् । अहिले यो विधेयक संसदीय उपसमितिमा छलफल भइरहेको छ ।

उपसमितिलाई दिइएको ३५ दिनको सीमा यही वैशाख २१ मा सकिँदैछ । तोकिएकै समयमा प्रतिवेदन बुझाउने गरी दिनरात नभनी काम समिति संयोजक छविलाल विश्वकर्माले बताउँदै आएका छन् ।