२ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २५ २०८२
2.4K
SHARES
२५ वैशाख काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो ।उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट