भैंसीको बथानले मन्त्रीलाई लखेटेपछि…


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
1.9K
SHARES

३० वैशाख रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टीमलाई भैंसीको बथानले लखेटेको भिडियो आज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सोमबार प्राइम टाइम टेलिभिजनका लागि ऋषि धमलाले उनीसँग अन्तर्वार्ता लिइरहेको समयमा विमानस्थलभित्र चरिरहेको भैंसीको बथान दौडेर आएपछि सबैको भागाभाग भएको दृश्य देख्न सकिन्छ ।अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र जहाँ पछि अधिग्रहण गरेर अहिले तारबार गरिएको छ, तर समयमै यहाँ निर्माणका काम नहुँदा र विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा घाँस उम्रेपछि स्थानीयले खोलाको छेउतिरबाट लगेर यहाँ भैसी चराउने गरेका छन् ।राज्यमन्त्री चौधरीले अन्तर्वार्ताकै क्रममा यहाँ आवश्यकभन्दा बढी जग्गा बनाइएको विषयमा आशंका बढेको जनाएका छन् ।