रवि लामिछाने थुनामै रहने
९ जेठ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो आदेश गरेको हो ।
१९ बुँदै आदेशको १८ औं बुँदामा पछि प्रमाण बुझ्दै जाँदा ठहरिए बमोजिम हुने गरी पुर्पक्षका लागि थुनामा राखी मुद्दाको कारवाही र किनारा गर्ने गरी भएको उच्चको आदेश बेरितको नदेखिएको उल्लेख छ ।
मिसिल संलग्न सहकारी संस्थाका विभिन्न अभियुक्तहरुको बयान तथा तत्काल प्राप्त प्रमाणबाट दुवैजना आरोपि कसुरदार रहेनछन् भन्ने विश्वास गर्न सकिने मनासिब आधार नभएको दाबी आदेशमा गरिएको छ ।