सप्तरीमा लुटपाट र एकजनाको हत्या
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ २३ २०८२
1.2K
SHARES
२३ जेठ सप्तरी । डाँकाको समूहले सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित एउटा घरमा लुटपाट र एकजनाको हत्या गरेको छ । बिहीबार (जेठ २२) राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको र उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ । डाँकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट