युवती जलेको अवस्थामा मृत फेला
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ २५ २०८२
1.2K
SHARES
२५ जेठ बुटवल । रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । आइतबार बिहान जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा खेतमा भेटिएकी हुन् ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट