पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२
4.7K
SHARES

२८ जेठ काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ ।जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । प्रहरीको साइबर ब्युरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले जानकारी दिए ।उनीविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।