जुवातास खेलेको आरोपमा ललितपुरबाट ४ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ११ २०८२
1.7K
SHARES

११ असार काठमाडौं । जुवातास खेलेको आरोपमा ललितपुरबाट चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ बाडेगाउँबाट प्रहरीले मंगलबार दिउँसो चार जनालाई पक्राउ गरेको हो ।

बाडेगाउँ बस्ने ४६ वर्षीय मदन लामाको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मदन समेत चार जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार ५ सय ५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।