सुगम र समीक्षाको स्वरमा ‘माया बस्यो’ सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार १९ २०८२
2.7K
SHARES

१९ असार काठमाडौं । मोडल कथा कलाकार निराजन प्रधान पुनः कलाकारितामा फर्किएका छन् । उनी म्युजिक भिडियो निर्देशनमार्फत कलाकारितामा फर्किएका हुन् । उनले फोटो कथाको प्रस्तुतिमा निर्माण भएको ‘माया बस्यो’ बोलको गीतको भिडियो निर्देशन गरेका छन् । सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा केकी अधिकारी र राघव दाहालको अभिनय छ ।

गीतमा प्रेमिल जोडीको प्रेम छ । अनुहार देख्दै प्रेम बसेको प्रसंगबाट सुरु हुने गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको कुरा गर्छ ।  सरगम घतानले लेखेको गीतमा योगेश काजी शाहको संगीत तथा एरेन्ज छ । निराजन केही वर्षअगाडिसम्म म्युजिक भिडियोमा पहिलो रोजाइमा मोडल थिए । केही वर्षयता भने उनी अस्ट्रेलियामा बस्दै आएका छन् ।