गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.3K
SHARES

१ साउन विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । बिहीबार राति १ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३०० ग्राम गाँजा फेला पारेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।गाँजा १० वटा बोरामा राखिएको अवस्थामा भेटिएको थियो ।