राजश्व छलीका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १ २०८२
1.5K
SHARES

१ साउन काठमाडौं । राजश्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित एकजना चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय यू वाङ रहेका छन् । उनलाई मंगलबार दिउँसो काठमाडौंस्थित सिनामंगलको पञ्चमुखी चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनलाई राजश्व छलेर ल्याएका विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसीटीभी क्यामेरालगायत विद्युतीय उपकरण भण्डारण तथा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रकाउ गरिएको हो ।

प्रहरीले उनको साथबाट बिनाबिलबिजक राजस्व छली गरिएका दुई करोड १९ लाख ७६ हजार ७०० रुपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सीसीटीभी क्यामेरा, एचडी क्यामेरालगायत सामान बरामद गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।